पाण्डे र भट्टलाई भदौ २९ गतेसम्म कारवाही नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
पाण्डे र भट्टले सर्वोच्चमा दायर गरेको रिटमा आइतबार न्यायाधीश मीरा खड्काको एकल इजलासले निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी गरेको हो । दुवै सांसदले आफूहरूमाथि कुनै कारबाही गर्न नमिल्ने आदेश दिनसमेत माग गरेका थिए । न्यायाधीश खड्काले भदौ २९ गतेसम्मलाई उनीहरूमाथि कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएकी छन् र उक्त दिन दुवै पक्षलाई छलफलमा डाकेकी छन् ।
निर्वाचन आयोगले नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिने समयमा उपस्थित हुन नसकेका सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई सनाखतमा पनि रोक लगाएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment