देउवालाई प्रश्न– यसरी कति दिन संसद् चलाउनुहुन्छ?: उनको जवाफ– ओलीजीलाई सोध्नू

डिसी नेपाल
२७ भदौ २०७८ १७:०१
324
Shares

काठमाडौं । प्रधानमन्त्री  शेरबहादुर देउवाले संसद् बैठक सञ्चालन गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताएका छन् ।

एमालेले संसद बैठक लगातार अवरुद्ध गरेपछि प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद बैठक सुचारु कहिले हुन्छ ? भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गरे । यसरी कति दिन संसद चलाउनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले संक्षेपमा भने, ‘ओलीजीलाई सोध्नु’ ।

प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ एमाले सांसदहरुले वेल घेरेका थिए । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसदहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् । सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेर सहमतिको प्रयास गरेपनि सहमति जुट्न नसकेपछि बैठक भदौ २९ गते १ बजे बस्नेगरी स्थगित भएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.