अष्टलक्ष्मीलाई माधव नेपालले विचल्लीमा पारे

डिसी नेपाल
२७ भदौ २०७८ १७:४२
2.0k
Shares

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नियुक्त भएलगतै उनी आफूहरुसँगको सल्लाहमै मुख्यमन्त्री बन्न गएको भनेका माधव नेपालले एक महिना नबित्दै उनलाई समर्थन नगर्ने निर्णय गरेका छन् । आइतबार बसेको बागमती प्रदेशको संसदीय दलको पहिलो बैठकले औपचारीक रुपमै शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

योसँगै मुख्यमन्त्री शाक्यअल्पमतमा परेकी छन् । नेकपा एसले आइतबार प्रदेश सभा सचिवलाई शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी गराएको छ ।

एमालेका ५६ प्रदेश सभाका सदस्यमध्ये १३ जना नयाँ दर्ता भएको एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । राजनीनिक दलसम्बन्धी अध्यायदेशमा व्यवस्था भएअनुसार एमालेमा रहेका प्रदेश सभा सदस्यहरुलाई दल रोज्न दिएको समयमा १३ जना प्रदेश सभाका सदस्य एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

एकीकृत समाजवादीको संसदीय दलको बैठकले दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.