सुमार फर्किएपछि अमेरिकी दूतावासले भन्यो–‘नेपालले एमसीसीप्रति सकारात्मक कदम चाल्दैछ’

डिसी नेपाल
२८ भदौ २०७८ ८:१०
476
Shares

काठमाडौं। एमसीसी सम्झौता पारित गराउन लबिङ गर्नका लागि ४ दिने भ्रमणमा नेपाल आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमार फर्किएपछि नेपालस्थित अमेरिकी दूतावासले यसबारे धारणा सार्वजनिक गर्दै नेपालले यो सम्झौता पारित गर्नेतर्फ सकारात्मक कदम चालेको बताएको छ । सुमारसहितको टोली ५०० मिलियन डलरको एमसीसी सम्झौता नेपालको संसदबार पास गराउनका लागि वातावरण बनाउन नेपाल आएको थियो ।

भ्रमणपछि सुमारले नेपाल आएपछि यहाँका राजनैतिक नेताहरु, नागरिक समाज र व्यवसायिक क्षेत्रसँग निकै उत्पादनमूलक छलफल भएको बताएको दूतावासले जनाएको छ । उनले नेपालमा एमसीसी सम्झौताबारे गलत सूचना फैलाउने अभियान नै चलाइएकोमा आफ्नो भ्रमणमा त्यसबारे प्रस्ट पारिएको र अब नेपाल सरकारले यो सम्झौतालाई संसदबाट पारित गराउनेमा आफू आशावादी रहेको बताएकी छिन् ।

नेपाल सरकारले एमसीसी सम्झौतामा ४ वर्षअघि हस्ताक्षर गरेको थियो । यो सम्झौतापछि गरिने विकास कार्यमा नेपाल सरकारले पनि थप १३० मिलियन डलर लगानी गर्ने बताइएको छ । यसबाट नेपालमा उर्जा र सडकका क्षेत्रमा २ ठूला परियोजना संचालन गरिनेछन् । उर्जातर्फ नेपालको पूर्व पश्चिम तथा भारतसँग क्रस बोर्डर ४०० केभी प्रसारण लाइन बनाउनेमा यो परियोजना केन्द्रित हुने बताइएको छ । यो प्रसारण लाइन लगभग ३०० किलोमिटर लामो हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.