अमेरिकाको अटलान्टामा अपार्टमेन्ट भवनमा विष्फोट
Photo: AP
काठमाडौं। अमेरिकाको अटलान्टामा आइतबार एक अपार्टमेन्ट भवनमा विष्फोट हुँदा भवन आंशिक रुपमा धराशायी भएको छ । स्थानीय प्रशासनका अनुसार तीन तलाको यो भवनमा भएको विष्फोटमा कसैको मृत्यु भने भएको छैन । ४ जना घाइते भएका छन् । विष्फोटको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन । तर, स्थानीय सेवा केन्द्रमा विष्फोटभन्दा केही समय अघि सोही भवनमा ग्यासको तीब्र गन्ध फैलिएको भन्दै फोन आएको थियो ।
समाचार एजेन्सी एपीका अनुसार स्थानीय अग्नी नियन्त्रण तथा उद्धार एजेन्सीका डेप्युटी प्रमुख मेल्भिन कार्टरले भवनको ९० प्रतिशत भागमा खोजी गरिसकिएको र बाँकी भागमा पनि कोही फसेको हुन सक्ने आशंकामा खोजी भइरहेको छ । भवनका ३ अपार्टमेन्ट पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् र यहाँ भत्किने क्रम जारी रहेकाले उद्धारकर्ता त्यहाँ जान सकेका छैनन् । फायर क्याप्टेन जेसन ड्यानियल्सका अनुसार २ जना हराइरहेका छन् र उनीहरु त्यही भत्किएका अपार्टमेन्टमा बस्ने बताइउको छ ।
डब्लुएसबी टिभीले भने डेकाल्ब फायरका अधिकारीलाई उद्धृत गर्दै ती २ जना पनि सुरक्षित भेटिएको बताएको छ । उद्धारका लागि एउटा हेलिकप्टर र ड्रोन पनि परिचालन गरिएको छ । स्थानीय रेड क्रसले आवास गुमाएका त्यहाँका निवासीहरुलाई बसोवासको व्यवस्था गरिरहेको छ । आंशिक रुपमा ध्वस्त भएको भवन र आसपासका केही भवनका बासिन्दाहरुलाई त्यहाँबाट बाहिर निकालिएको छ ।







डिसी नेपाल







Facebook Comment