आज नेपाल र अमेरिका भिड्दै

डिसी नेपाल
२८ भदौ २०७८ १०:११
152
Shares

काठमाडौं। आइसिसी विश्वकप लिग–२ अन्तर्गत आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सुरू हुँदैछ।ओमानको अल अमिरत क्रिकेट रंगशालामा हुने सिरिजको पहिलो खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ४ः१५ बजे सुरु हुँदैछ।

सिरिजको पछिल्ला दुई खेलमा नेपालले अमेरिकालाई हराएको थियो। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा नेपालले अमेरिकालाई ३५ रन र ८ विकेटले पराजित गरेको थियो।नेपालले सिरिजको तयारीका लागि पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो। जसमा नेपालले २–० ले क्लिन स्विप गरेको थियो।

अमेरिकाले समेत पीएनजीविरुद्धको दुबै खेल जितेको थियो ।त्यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। नेपालले तेस्रो खेलमा अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्ने छ। र आफ्नो अन्तिम खेलमा नेपालले ओमानसँग आइतबार खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *