तालिबान शासन सुरु भएपछि पहिलोपटक विदेशी उपप्रधानमन्त्री अफगानिस्तान भ्रमणमा गए
काठमाडौं। अफगानिस्तानमा तालिबान शासन सुरु भएपछि पहिलो पटक विदेशी राजनेता अफगानिस्तान भ्रमणमा गउका छन् । कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी अफगानिस्तानको राजधानी काबुल पुगेका छन् । काबुलमा उनले देशका नयाँ प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुंदसँग भेटवार्ता गरेका छन् ।
तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेपछि यो कुनै पनि बरिष्ठ विदेशी प्रतिनिधिमण्डलको पहिलो भ्रमण हो । अफगानिस्तानको निजी समाचार च्यानल टोलो न्युजका संवाददाता अब्दुल हक उमरीले कतारका विदेश मन्त्री आएको भिडियो पनि ट्वीट गरेका छन् । भिडियोमा अफगानिस्तानका उपप्रधानमन्त्री अब्दुल सलाम हनफीले उनलाई स्वागत गरिरहेका छन् ।
Video : The Deputy Prime Minister AbdulSalam Hanifi Welcomed the Deputy Prime Minister and Minister of Foreign Affairs of #Qatar at president palace #Kabul . #Afghanistan pic.twitter.com/tYaPmz16r7
— Abdulhaq Omeri (@AbdulhaqOmeri) September 12, 2021
कतारका विदेशमन्त्रीले अफगान पूर्व राष्ट्रपति हमिद कारजाइ र पूर्व सीइओ अब्दुल्ला अब्दुल्लासँग पनि भेट गरेका छन् । तालिबानी नेताहरुले भेटवार्तापछि एक बयान जारी गरेका छन् जसमा भेटघाटका क्रममा ‘द्विपक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास र विश्वसँग लगातार विचार विमर्श’ जस्ता विषयमा छलफल भएको बताइएको छ ।
विश्लेषकहरुका अनुसार कतारी विदेश मन्त्रीको भ्रमणले अफगानिस्तानमा वर्तमानमा भइरहेको राजनीतिक अस्थिरतालाई देखाउँछ । यसअघि कतारका विदेश मन्त्रीले अफगानिस्तानको अवस्थाका विषयमा टर्की र पाकिस्तानको पनि भ्रमण गरेका थिए । कतारले लामो समयदेखि अफगानिस्तान र अमेरिकाबीच मध्यस्थता गरिरहेको छ । अहिले अमेरिकाले अफगानिस्तानबाट निकालेका हजारौं नागरिक कतारमा छन् जो अब अन्य देशमा जानेछन् ।







डिसी नेपाल







Facebook Comment