राजेन्द्र राई नेकपा (एस) प्रदेश एकको दलको नेतामा चयन
काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र कुमार राई चयन भएका छन्। सोमबार प्रदेश राजधानी बिराटनगरमा बसेको दलको बैठकले राईलाई चयन गरेको हो।राई संसदीय दलको नेतामा चयन भएसंगै मुख्यमन्त्री भीम आचार्यको सरकार अल्पमतमा परिसकेको छ। अब आचार्यलाई आफूहरुको समर्थन नभएको पत्र पठाउने तयारी भएको बैठकमा सहभागी एक सांसदले बताए।
निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वको उक्त दललाई मान्यता दिएसंगै १० जना सांसदले नेकपा (एस) चयन गरेको थिए।नेकपा (एस) रोज्ने सांसदहरु राजेन्द्र कुमार राई, राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू,उपेन्द्र घिमिरे, गणेश काङमाङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment