तालिबानको नियन्त्रणपछि पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायिक उडान अफगानिस्तान पुग्यो
काठमाडौं। अफगानिस्तानमा तालिबानको कब्जापछि पहिलो पटक कुनै अन्तर्राष्ट्रिय उडान अफगानिस्तान पुगेको छ । समाचार एजेन्सी एएफपीका अनुसार तालिबानको शासन सुरु भएपछि पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायिक जहाज काबुलको हमिद कारजाइ विमानस्थलमा अवतरण गरेको हो । यो पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको उडान थियो जो केही यात्रुहरुलाई लिएर काबुल विमानस्थलमा ल्याण्ड गरेको छ ।
#BREAKING First foreign commercial flight since Taliban takeover lands in Kabul: @AFP pic.twitter.com/DQG4IaZOBX
— AFP News Agency (@AFP) September 13, 2021
एएफपीका पत्रकारका अनुसार यो विमानमा करिब १० जना यात्रुहरु थिए । अल जजीराले पनि यो समाचारको पुष्टि गरेको छ । अफगानिस्तानको लागि कतारका विशेष दुत कहतानीले अल जजीरासँग कुरा गर्दै आजको उडान मानिसहरुलाई अफगानिस्तानबाट बाहिर निकाल्नको लागि नभइ यात्रुहरुको बिना अवरोध आवत जावतको लागि भएको बताए । यसअघि कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री तालिबान राजमा पहिलो पटक अफगानिस्तान पुग्ने विदेशी बरिष्ठ नेताको रुपमा काबुल पुगेका थिए ।







डिसी नेपाल







Facebook Comment