सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमालेलाई मनाउन पहल गर्न नेताहरूको सुझाव
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको बोलाएको सर्वदलीय बैठकमा नेताहरूले संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी एमालेलाई मनाउन पहल गर्न सुझाव दिएका छन् ।
एमालेले निरन्तर संसद अवरोध गरेपछी सभामुख सापकोटाले संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई छलफलका लागि बोलाएका थिए । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने बैठकमा उपस्थित भएनन् ।
एमालेलाई मनाउन राखिएको बैठकमा एमाले नै नआएपछि निष्कर्षमा पुग्न नसकिने भन्दै अझै पहल गर्न नेताहरूले सुझाव दिएको जनमोर्चाकी सांसद दुर्गा पौडेलले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बताइन् ।
बैठकमा एमालेलाई बैठकमा बोलाउन गरिएको प्रयत्नबारे सभामुख र कानूनमन्त्रीले नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए।
सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल लगायतका शीर्ष नताहरुको सहभागीता रहेको थियो।







डिसी नेपाल








Facebook Comment