‘क्रियाशील सदस्यता विवाद समाधान नगरी अधिवेशन गराउनु दुःखद’

डिसी नेपाल
२८ भदौ २०७८ २१:२८
36
Shares

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले क्रियाशील सदस्यता विवाद समाधान नगरी वडा अधिवेशन गराउनु दुःखद भएको बताएको छ । संस्थापन इतर समूहले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकार सम्मेलन गरी अधिकांश जिल्लामा पार्टी प्रवेशका नाममा निर्धारित विधि, प्रक्रिया र मापदण्डबमोजिम क्रियाशील सदस्यता विवाद समाधान नभएको जनाएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले यस्ता कार्य लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य परम्पराविपरीत हुन् भने । उनले अधिवेशन प्रारम्भ भएको एक हप्तासम्म २० जिल्लाको क्रियाशील सदस्य सूची अझै टुङ्गो नलाग्नु दुःखद भएको बताए । उनले यथाशीघ्र विधि र प्रक्रियाअनुसार नेतृत्व चयनका लागि पुनः निर्वाचन गर्नसमेत माग गरे । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.