अमेरिकाले अफगानिस्तानलाई ६४ मिलियन डलर सहयोग गर्ने
काठमाडौं। अफगानिस्तानमा तालिबानको नियन्त्रण र अन्तरिक सरकार गठनपछि अमेरिकाले सोमबार महत्वपूर्ण निर्णय गरेको छ । अमेरिकाले अफगानी जनताको लागि आर्थिक सहयोगको घोषणा गरेको छ । अमेरिकाले अब अफगानी जनतालाई करिब ६४ मिलियन डलर सहयोग गर्नेछ । अफगानी मिडिया हाउस टोलो न्यूजका अनुसार संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत लिंडा थम्प्सन ग्रिनफिल्डले आर्थिक सहायतालाई मानवीय सहायता भनेकी छिन् ।
ग्रिनफिल्डले संयुक्त राष्ट्रसंघको बैठकमा बोल्दै अफगानिस्तानको स्थिति गम्भीर भएको बताइन् । उनले बैठकमा भनिन् ‘अमेरिकाले नयाँ मानवीय सहायताको रुपमा ६४ मिलियन डलर दिने बाचा गरेको छ । त्यहाँको जमिनी अवस्थाको बारेमा थप आंकलन गरेपछि भविष्यमा अझै अधिक राशी दिने विषयमा पनि विचार हुनेछ ।’
I am proud to announce that the U.S. is providing nearly $64 million in new humanitarian assistance for the people Afghanistan. This new funding will support the work of the @UN and international NGO actors. https://t.co/kGu5AfLN3m
— Ambassador Linda Thomas-Greenfield (@USAmbUN) September 13, 2021
अमेरिकाभन्दा पहिले चीनले पनि अफगानिस्तानलाई सहयोग दिने घोषणा गरेको छ । चीनले २०० मिलियन युआन (३१ मिलियन डलर) आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको छ । यो सहयोगमा खाद्यपदार्थको आपूर्ति र कोरोनाभाइरस खोपसमेत समावेश छ । नयाँ अन्तरिम सरकारको गठन अफगानिस्तानमा व्यवस्था बहाल गर्नको लागि जरुरी भएको बताउँदै चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अन्य देशहरुलाई पनि अफगानिस्तानलाई आर्थिक सहयोग गर्न अपिल गरेका थिए ।
संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत लिंडा थम्प्सनले पनि ट्वीट गर्दै अमेरिकाले अफगानिस्तानलाई नयाँ सहयोग दिने घोषणा गरेको पुष्टि गरेकी छिन् । उनले लेखेकी छिन् ‘मलाई यो घोषणा गर्न पाउँदा गर्व लागेको छ कि अमेरिका अफगानिस्तानका जनताको लागि नयाँ मानवीय सहायताको रुपमा ६४ मिलियन डलर प्रदान गर्दैछ । यो नयाँ आर्थिक सहयोगले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय एनजीओको कामलाई सघाउनेछ ।’ उनले पनि अन्य देशलाई अफगानिस्तानलाई आर्थिक सहयोग गर्न अपिल गरेकी छिन् ।







डिसी नेपाल







Facebook Comment