सेलिब्रेटीको कार्यक्रममा नेताले यस्तो कपडा लगाएपछि डोनाल्ड ट्रम्पका छोरा जंगिए

डिसी नेपाल
२९ भदौ २०७८ १४:४७
2.2k
Shares

काठमाडौं। अमेरिकाकी लेफ्ट प्रोग्रेसिभ महिला नेतृ अलेक्जेन्ड्रा ओकेसियो कोर्टेजले चर्चित सेलिब्रेटी इभेन्ट मेट गालामा उपस्थिति जनाएकी छिन् । तर उनी यो कार्यक्रममा लगाएको कपडाका कारण ट्रोल भएकी छिन् । अलेक्जेन्ड्राले यो कार्यक्रममा लगाएको आफ्नो पहिरनमा ‘ट्याक्स द रिच’ अर्थात ‘धनीहरुलाई कर लगाउ’ लेखेकी थिइन् ।

अलेक्जेन्ड्रा गएको यो कार्यक्रममा अमेरिकाका सबैभन्दा एलिट सेलिब्रेटीहरु पुग्छन् । यस वर्ष पनि हलिउड सुपरस्टारहरु मेगन फक्स, केंडल जेनर, एलन मस्ककी पार्टनर ग्राइम्स र सुपरस्टार गायिका जेनिफर लोपेज यो कार्यक्रममा गएका थिए । रिपोर्टका अनुसार यो कार्यक्रमको टिकट मूल्य ३० हजार डलर थियो ।

अलेक्जेन्ड्राको यो पहिरनका कारण सामाजिक संजालमा धेरै किसिमका प्रतिक्रियाहरु आएका छन् । केहीले धनीहरुको कार्यक्रममा गएर धनीहरुलाई नै निशाना बनाउनु अलेक्जेन्ड्राको अनावश्यक काम र पाखण्ड भएको बताएका छन् । केहीले भने अलेक्जेन्ड्राले यो ड्रेसको माध्यमले कहीँ न कहीँ अमेरिकाका धनी वर्गलाई सन्देश दिइरहेको बताएका छन् ।

अलेक्जेन्ड्राको यो ड्रेस देखेर अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर भने निकै जंगिएका छर र उनले यी नेतालाई फ्रड भनेका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘ट्याक्स द रिच ड्रेस लगाउने अलेक्जेन्ड्रा लेफ्ट विचारधाराका धनी व्यक्तिहरुसँग घुमिरहेकी छिन् र विगत डेढ वर्षदेखि मास्कको वकालत गरेपछि बिना मास्क कार्यक्रममा पुगेकी छिन् ।’

अलेक्जेन्डले भनेकी छिन् ‘एक कामकाजी महिला भएको नाताले म यो कार्यक्रमको मजा लिन चाहन्थें तर आफ्नो ड्रेसको सहारामा म यो उद्योगलाई चुनौती पनि दिन चाहन्थें । मैले जब आफ्नो डिजाइनरसँग यो ड्रेसको विषयमा कुरा गर्न सुरु गरें त्यतिबेला मैले भनेकी थिएँ कि हामी केवल यो इभेन्टमा सहभागी हुँदैनौं साथमा एक सशक्त सन्देश पनि दिन चाहन्थ्यौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *