जाजरकोटमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते
काठमाण्डौं । जाजरकोटका फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
नलगाडबाट बारेकोट जाँदै गरेको भे १ ज ९८७ नम्बरको फोर्स गाडी नलगाड नगरपालिका ५ गेरेनी नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा बारेकोट गाउँपालिका २ की ४५ वर्षीया शान्ति रोकाया छन् भने अर्का एक युवाको भने पहिचान खुल्न बाँकी रहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो।
उनका अनुसार अर्का एक जनाको पहिचान खुलेको छैन। घाइतेहरूलाई दल्लीस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गाडीमा कति सवार थिए भन्ने पनि स्पष्ट खुल्न सकेको छैन। गाडी सडकमै पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेको डिएसपी थापाले बताए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment