कक्षा १२ काे परीक्षा आजदेखि (तालिकासहित)

डिसी नेपाल
३० भदौ २०७८ ८:०५
272
Shares

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ। कोरोना महामारीका कारण पटकपटक स्थगित भएको परीक्षा आजदेखि असोज ८ गतेसम्म संचालन हुने गरी बोर्डले तालिका प्रकाशन गरेको छ।

परीक्षा बोर्डका अनुसार कक्षा १२को परीक्षा होम सेन्टरबाट नै दिन मिल्ने छ। होमसेन्टर भनेको आफूले अध्ययन गरिरहेको बिद्यालय हो। परीक्षा विहान ११ बजेदेखि संचालन हुने छ।

गत बैशाखमा कोरोनाको दोस्रो लहर आएपछि परीक्षा रोकिएको थियो। लकडाउनका कारण रोकिएको परीक्षा साउनको ३१ गते हुने भने पनि स्थागित भएको थियो।

बोर्डका अनुसार यसवर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थी ३ लाख ७४ हजार छन्। गत महिना १८ वर्ष पुगेका विद्यार्थीलाई प्रवेशपत्र देखाएर कोरोना खोप लगाउन लगाएर भौतिक रुपमै उपस्थित भइ परीक्षा संचालन हुँदैछ। तर, कोरोनाका संक्रमित विद्यार्थीलाई भने छुट्टै राखेर परीक्षा संचालन हुने बोर्डले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.