नेपाल मार्शल आर्ट हप्किडो सङ्घमा घर्ती मगर

डिसी नेपाल
३० भदौ २०७८ ९:५२
68
Shares

गण्डकी । नेपाल मार्शल आर्टस् हप्किडो सङ्घ गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनबाट पत्रकार मानबहादुर घर्ती मगर (एमबी आस्था मगर) अध्यक्षतामा सर्वसम्मत चयन भएका छन्।

समितिको उपाध्यक्षमा तारामाया थापा मगर र खेमबहादुर गुरुङ, सचिवमा प्रेम बुढा मगर, सहसचिवमा अर्जुन गाहा मगर र कोषाध्यक्षमा मदनकुमार जिसी तथा सदस्यमा कृष्णप्रसाद कोइराला, बिनाकुमारी पुन, चन्द्रकुमारी पराजुली, सबि शेरचन, श्यामबहादुर श्रेष्ठ, नरेन्द्रकुमार कार्की, किमी छ्योटेन गुरुङ, गीता राना र रामु दराई चयन भएका छन्।

समितिको मङ्गलबार नै पहिलो बैठकले चार सल्लाहकारसमेत चयन गरेको छ । समितिको सल्लाहकारमा प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, कृष्णकुमारी श्रेष्ठ, श्रीमान् गुरुङ र डा कृष्णप्रसाद पौडेल रहेका छन्। यसैगरी संस्थाको कानुनी सल्लाहकारमा अधिवक्ता मनोज घर्ती मगरलाई चयन गरिएको छ।

अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि, व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्र बुढा मगरले खेलाडी र युवालाई स्वरोजगार बनाउन एकीकृत योजना बनाएर अगाडि बढ्ने बताए। हप्किडो खेलले विश्वसामु देशको गौरव बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्दैै उनले रसियामा हुने विश्व हप्किडो प्रतियोगितामा सहभागी हुन पोखरामा प्रशिक्षण लिइरहेका नेपाली खेलाडीलाई पदक जितेर आउन अग्रिम शुभकामनासमेत दिए।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले खेलकुद क्षेत्रमा बजेट कम भएकै कारण खेलको विकास हुन नसकेको जनाउँदै हाल एक प्रतिशतमा कायम रहेको खेलकुदको बजेटलाई पाँच प्रतिशत पु¥याउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा केन्द्रीय अध्यक्ष तथा दक्षिण एशियाली हप्किडो महासङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगर, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बानियाँ, उपाध्यक्ष तारामाया थापा मगरलगायतले खेलकुदको महत्वमाथि प्रकाश पारे।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *