उत्तर कोरियाले इस्ट कोस्टमा २ वडा ब्यालेस्टिक मिसाइल हानिदियो

डिसी नेपाल
३० भदौ २०७८ १०:४४
3.9k
Shares

काठमाडौं। उत्तर कोरियाले आफ्नो इस्ट कोस्टमा २ वटा ब्यालेस्टिक मिसाइल हानेको छ । बुधबार उत्तर कोरियाले यी मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । ६ महिनायता आफ्नो पहिलो हतियार परीक्षणका क्रममा उत्तर कोरियाले नयाँ मिसाइल परीक्षण गरेको २ दिनपछि उसले यी मिसाइल हानेको हो ।

दक्षिण कोरियाका ज्वाइन्ट चीफ अफ स्टाफले जारी गरेको एक वक्तव्यमा उत्तर कोरियाले हानेको मिसाइल कोरियाली प्रायद्वीपको इस्ट कोस्टबाट समुद्रतिर गएको र यस विषयमा थप जाँच भइरहेको उल्लेख छ । उत्तर कोरियाले सोमबार मात्र नयाँ क्रुज मिसाइलको सफल परीक्षण गरेको बताएको थियो । सोमबार रोडोंग सिनमुन अखबारमा प्रकाशित तस्वीरमा मिसाइल आकाशतर्फ गइरहेको देखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *