कस्ले सुनिदिने यी चेलीको पिडा? आफ्नै ससुरा र श्रीमान शत्रु बनेपछि

डिसी नेपाल
३० भदौ २०७८ १९:३०
116
Shares

काठमाडौं । २ महिना अघि अदालतबाट अन्तरजातिय विवाह गरेकी सीता पटेल अहिले न्यायको खोजीमा छिन् । दाइजो नल्याएको भन्दै श्रीमान र ससुराले कुटपिट गरी ज्यानको धम्की दिएपछि उनी हाल राजधानी भौतारिदैँ हुन्।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित पटेलले श्रीमान उमेश साह गोढ र ससुरा जवाहिर साह गोढले कुटपिट गर्दै ज्यानमार्ने धम्की दिएको बताइन् । उनले भनिन्, ‘म माथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झुठा मुद्दा लगाई थुनामा समेत राखेर यातना दिइयो ।’ अदालतबाट माग भएअनुसार धरौटी बुझाई भदौ २२ गते कारागारबाट आफू थुनामुक्त भएको सुनाउदै उनले सोही दिन प्रहरीकै मिलेमतोमा कोठाको साँचो नियन्त्रणमा लिई कोठाको सामान समेत लगेको सुनाइन् । कोठाबाट परिवारले ३२ इन्चको एल।सी।डी टि।भी, कुलर, दराज, एक लाख रुपैयाँ नगदसहित १ थान गहना लगेको उनको भनाई छ ।

सामुदायिक प्रहरी पर्साका सचिव दिलिप प्रधानले आफ्नो कपाल समातेर टाउको ठोक्काइदिएको भन्दै तत्काल कारवाहीको माग गरिन् । प्रधानसहित आएका ससुराले चक्कुले ज्यान मार्ने उद्देश्यले आफु्लाई ४–५ पटक पिठ्युमा प्रहार गरेर गम्भीर अवस्थामा छाडेर गएको समेत बताईन् । उनले भनिन् ‘पर्साका एसपी बेलबहादुर पाण्डेले जाहेरी लिन नमानेर मूल कापी नै च्यातेर फालेर ज्यान बचाउन भए नेपालबाट भाग्न धम्की दिए ।’

उनले कोठाबाट लगेको सामान तत्काल फिर्ता गर्न माग गरेकी छिन् । श्रीमानसँग शान्ति सुरक्षासहित पारिवारिक वातावरणमा बस्न पाउनुपर्ने पटेलको माग छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.