चीनको प्रतिकार गर्न अमेरिका र बेलायतले अस्ट्रेलियालाई आणविक हतियार बनाउन सघाउने
काठमाडौं। चीनको प्रतिकार गर्नको लागि अस्ट्रेलियाले अत्याधुनिक आणविक हातहतियार बनाउने र यसको लागि उसलाई बेलायत र अमेरिकाले सहयोग गर्ने भएका छन् । चीनको आक्रामकताको प्रतिकार गर्न भन्दै अमेरिका, बेलायत र अस्ट्रेलियाबीच यो सम्झौता भएको हो । एयुकेयुएस नामको यो समूहले आणविक हतियारसम्बन्धी गोप्य फर्मुलाहरु एक आपसमा साझा गरेर अस्ट्रेलियालाई आणविक हतियार उत्पादनमा सहयोग गर्ने बेलायती अखबार द सनको रिपोर्टमा जनाइएको छ ।
बेलायतमा आधारित फर्महरु ब्याबकक, बीएइ र रोल्स रोयसले अस्ट्रेलियालाई यी हतियार बनाउन सहयोग गर्ने सम्भावना उच्च रहेको समाचारमा जनाइएको छ । यी कम्पनीले उत्पादन गर्ने पनडुब्बीका सामग्रीहरु अस्ट्रेलियामा अहिले उत्पादन भइरहेका पनडुब्बीका सामग्रीहरुभन्दा लामो समयसम्म सबमर्ज भएर रहन सक्ने बताइएको छ ।
यो सम्झौताले फ्रान्सका मन्त्रीहरुलाई निराश पार्न सक्ने बताइएको छ किनकि यो सम्झौता गर्दा यसअघि फ्रान्सले बेलायतसँग नन न्यूक्लियर सब्सको लागि गरेको ४८ बिलियन पाउण्ड बराबरको सम्झौता रद्द हुने रिपोर्टमा जनाइएको छ । एयुकेयुएसले गरेको यो सम्झौतामा अर्को हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हस्ताक्षर गर्ने बताइएको छ । बोरिस जोनसनले तटस्थ सहयोगीहरुबीच भएको यो साझेदारी इण्डो प्यासिफिक क्षेत्रमा आफ्ना हितको रक्षाको लागि निकै महत्वपूर्ण हुने बताएका छन् ।







डिसी नेपाल







Facebook Comment