गायब भएका तालिबानका संस्थापक टेलिभिजन अन्तरवार्तामा देखिए

डिसी नेपाल
३१ भदौ २०७८ १३:०३
312
Shares

काठमाडौं। केही दिनदेखि गायब भएका तालिबानका संस्थापक तथा अहिलेको अन्तरिक सरकारका उपप्रधानमन्त्री मुल्ला अब्दुल गन बरादर बुधबार एक टेलिभिजन अन्तरवार्तामा देखिएका छन् । यस क्रममा उनले तालिबानको सहयोगी हक्कानी नेटवर्कसँगको झडपमा आफू घाइते भएको कुरा असत्य भएको बताएका छन् ।

पछिल्लो समय केही मिडिया रिपोर्टमा मुल्ला बदादर र हक्कानी नेटवर्कका एक नेताबीच विवाद भएको र उनीहरुका सहयोगीहरुबीच झडप भएको दावी गरिएको थियो । केही रिपोर्टमा झडपमा बरादर घाइते भएको दावी गरिएको थियो भने अन्य केही रिपोर्टमा यो झडपमा बरादर मारिएको हुन सक्ने समेत दावी गरिएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कतारको दोहास्थित तालिबानको राजनैतिक कार्यालयको तर्फबाट यो भिडियो जारी गरिएको हो । भिडियोमा बरादर अफगानिस्तानको सरकारी च्यानललाई अन्तरवार्ता दिइरहेका देखिएका छन् । बरादरले भने ‘यी खबरहरु गलत छन् । म पूरै ठिक र स्वस्थ छु ।’

बरादरले भने ‘मिडियामा दावी गरिएको छ कि हामीबीच आन्तरिक विवाद छ । यो सत्य होइन । हामीबीच यस्तो केही पनि छैन ।’ यो भिडियो क्लिपमा बरादर एउटा सोफामा बसेका देखिएका छन् । उनको छेउमा अन्तरवार्ता लिने व्यक्ति पनि बसेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *