अफगान पूर्वअधिकारीहरुका घरबाट भारी नगद जफत, केन्द्रीय बैंकमा डलर भरिभराउ

डिसी नेपाल
३१ भदौ २०७८ १३:२८
1.6k
Shares

काठमाडौं। अफगानिस्तानमा आफ्नो सरकार बनाइसकेको तालिबानले त्यहाँको केन्द्रीय बैंकमा समेत नियन्त्रण गरिसकेको छ । केही दिन पहिले हाजी इदरिसलाई अफगानिस्तान केन्द्रीय बैंकको प्रमुख बनाइसकिएको छ । यसको केही दिनपछि नै तालिबान शासित केन्द्रीय बैंकले ठूलो जानकारी दिएको छ ।

बिजनेस इनसाइडरको रिपोर्टअनुसार अफगान केन्द्रीय बैंकले अघिल्लो सरकारका कैयौं अधिकारीहरुको घरबाट भारी मात्रामा नगर फेला पारेको छ । यो नगद १२.४ मिलियन डलर भएको बताइएको छ । तालिबानका अनुसार यो सबै पैसा केन्द्रीय बैंकलाई हस्तान्तरण गरिएको छ । अफगान केन्द्रीय बैंकले कहिले र किन पूर्व अधिकारीको घरमा छापा मारेको थियो भन्ने स्पष्ट छैन । भारी मात्रामा नगद भेटिएको कुरा भने केन्द्रीय बैंकले पुष्टि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *