अमेरिका, बेलायत र अस्ट्रेलियाले आफूविरुद्ध रक्षा सम्झौता गरेपछि चीनले के भन्यो ?
काठमाडौं। चीनले अमेरिका बेलायत र अस्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौताको निन्दा गर्दै यसले शीतयुद्धको मानसिकतालाई दर्शाउने टिप्पणी गरेको छ । यसअघि बेलायत अमेरिका र अस्ट्रेलियाले एक विशेष सुरक्षा सम्झौताको घोषणा गरेका थिए ।
बताइएअनुसार यो नयाँ सुरक्षा सम्झौता एसिया प्रशान्त क्षेत्रमा चीनको प्रभावसँग प्रतिस्पर्धा गर्न र चीनलाई रोक्नको लागि गरिएको हो । यो सम्झौता अनुसार अमेरिकाले अस्ट्रेलियालाई परमाणु पनडुब्बीको प्रविधि पनि उपलब्ध गराउनेछ ।
चीनले यो प्रविधि हस्तान्तरणका विषयमा भनेको छ ‘यस्तै कारणले हतियारको अन्तर्राष्ट्रिय प्रसारलाई रोक्ने प्रयासहरुमा धक्का लाग्छ ।’ समाचार एजेन्सीहरुका अनुसार चीनले यो सम्झौतालाई ‘अत्यन्तै गैरजिम्मेवारीपूर्ण’ भनेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले कुनै पनि क्षेत्री गठबन्धन कुनै तेस्रो देशलाई निशाना बनाउनको लागि बनाइन नहुने बताएका छन् ।







डिसी नेपाल







Facebook Comment