आज नेपाल र अमेरिकाबीचको खेल हुँदै

डिसी नेपाल
१ असोज २०७८ १०:०६
232
Shares

काठमाडौं।आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शुक्रबार अमेरिकासँग दोस्रो खेल खेल्दैछ।नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यसैलेपनि आज नेपाल अमेरिकाविरुद्ध उच्च मनोवलका साथ लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। अमेरिका भने,अघिल्लो खेलको गल्ती सुधार गर्दै नेपालविरुद्ध बदला लिने योजनामा हुनेछ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान भने,१२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *