हिजो राजनैतिक परिवर्तन भए अब राजनीतिमा परिवर्तन गर्नुपर्छःशर्मा
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले आईतबार झापाको बिर्तामोडमा १४ औँ महाधिवेशनको लागी आयोजित महामन्त्री पदका उम्मेदार कार्यक्रम मार्फत सार्वजानिक कार्यक्रममा बोल्दै अब राजनीतिमा परिवर्तन हुनुपर्ने बताएका छन्। उनले भने, ‘हिजो राजनैतिक परिवर्तन भए अब राजनीतिमा परिवर्तन गर्नुपर्छ।’
शर्माले भने,‘अहिले एउटा सानो बालकलाई भविष्यमा कसैले के बन्ने वाबु,नानी ? भन्ने प्रश्नमा उसले,डाक्टर,ईन्जिनियर या कुनै उच्च जागिरे बन्ने भन्छन्,।तर म देश बदल्न राजनीतिमा आउँछु भनेर किन भन्दैन ?के अबको दुई दशक पछि मुलुक र सिंहदरबारको नेतृत्व गर्ने नेतृत्वकर्ता जन्मिने छैन ?किन यो भई राखेको छ? यो गम्भिर प्रश्न हो।’
‘संसारका कुनैपनि मुलुक चलाउन वडा देखि सिंहदरबार चलाउन राजनीतिकर्मी छैन भने,त्यो मुलुक चल्दैन।उनले भने,‘दोष त्यो सानो बालकको हैन।दोष बिश्वप्रकाश हरुको हो।दोष राजनीति कर्मीहरुको हो। त्यसकारण आज संविधान दिवसको दिन त्यो बालकको मनोविज्ञान हटाउने सामथ्र्य सबै राजनीतिकर्मीले राख्नुपर्छ। त्यसकारण अब राजनीतिमा परिवर्तन हुनुपर्छ।’
शर्माले उक्त कार्यक्रममा १४ औँ महाधिवेशनमा महामन्त्रीको पदमा उम्मेदारी घोषणा गर्दै आफू मुलुक रुपान्तरणको लागी राजनीतिमा आएको बताएका छन्। यसअघि पनि उनले,भदौ २४ गते बीपी जन्मजयन्तीको अवसर पारेर सुन्दरीजलबाट उम्मेदारी घोषणा गरिसकेका थिए।
उनले,कार्यक्रम मार्फत राखेको सार्वजानिक अवधारणा पत्र यस्तो छ।







डिसी नेपाल








Facebook Comment