हिजोको संविधान भन्दा अहिलेको संविधान प्रगतिशिल छः मुख्यमन्त्री शाही

डिसी नेपाल
३ असोज २०७८ १७:३१
12
Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको हिजोको संविधान भन्दा आजको संविधान धेरै प्रगतिशिल भएको बताएका छन् ।

कर्णाली प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

‘नेपालमा स्थायित्व कायम गर्नको लागि धेरै पटक राजनिति आन्दोलन भए जसका कारण आज यो परिवर्तन भएको छ मुख्यमन्त्री शाहीले भने,’ ‘यदि जनयुद्ध र २०६२\०६३ को जन आन्दोलन नभएको भए यहि संविधान पनि पाउने अबस्था थिएन,।’

मुख्यमन्त्री शाहीले दलको आफ्नो आफ्नो स्वार्थका कारण विभाजित हुन लागेको नेपाललाई संविधानले एक गराएको भन्दै संविधान ल्याउनको लागि बलिदान गर्ने शहिदहरुको सपना अनुरुप नेपालको संविधान अझै पुर्ण नभएको औँल्याए । मुख्यमन्त्री शाहीले अगाडी भने, ‘सामान्य नागरिकहरुको आँखामा अझै पनि संविधानमा थप्नु पर्ने विषय धेरै छन् त्यो संसोधन गरेर हल गरिनु पर्ने छ,।’

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णाली प्रदेश सरकारले संविधान अनुरुप नै जनताको पक्षमा काम गरेर जनताका चाहानाहरु पुरा गर्नतिर लाग्नु पर्ने बताए ।

प्रदेश प्रमुख कलौनीले संविधान निर्माण हुनुमा सबैभन्दा ठुलो भूमिका जनयुद्धको भएको समेत बताए । कर्णाली प्रदेश धार्मिक पुरातात्व्यीक हिसाबले धनि प्रदेश भएको भन्दै प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेश आत्मनिर्भर हुन तर्फ लाग्नु पर्ने औल्याए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.