नेपाललाई ओमनको १ सय २२ रनको सामान्य लक्ष्य

डिसी नेपाल
३ असोज २०७८ १९:०८
392
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमनले नेपाललाई १ सय २२ रनको लक्ष्य दिएको छ।

ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले कसिलो बलिङ गर्दा ओमनले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक ४१ रन बनाउँदा नशिम खुशीले १२ रन र करिमुल्लाहले ११ रन बनाए।

नेपालका करण केसीले ८ ओभरमा २० रन दिँदै ४ विकेट लिए भने सन्दीप लामिछानेले ८.१ ओभरमा १८ रन दिँदै ४ विकेट लिए। त्यस्तै शरद भेषवाकरले २ विकेट लिए।

सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ। तीन मध्ये नेपाल दुई खेलमा पराजित भइसकेको छ । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपाल अमेरिकासंग ४ विकेटले पराजित भएको थियो।

पहिलो सिरिजमा ओमनसँग हार ब्यहोरेको नेपाल आज बदला लिने दाउमा रहेको छ। ओमान भने,लगातार दोस्रो जीत निकाल्न चाहन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *