बजेट पास नभएपछि छिटाे छिटो विधेयक पारित गर्ने तयारी

डिसी नेपाल
४ असोज २०७८ ८:४७
216
Shares

काठमाडौं। इतिहासमा पहिलो पटक राज्य कोषको रकम खर्च गर्न नसकेर अर्थतन्त्र ‘सट डाउन’को अवस्थामा पुगेपछि सरकारले आज बिनियोजन विधेयक पारित गराउने तयारी गरेको छ।

प्रतिपक्ष नेकपा एमालेको अवरोधकाबीच संसद चलाउँदै आएको अवस्थामा प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका बारेमा छलफल चलाउने भन्दै संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै आर्थिक विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।

आर्थिक विधेयकको दफावार छलफलकालागि सभामुख अग्निप्रसाद सापकोटाले दिन तोकेलगत्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसहितको कार्यसूची तयार पारिएको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी ल्याएको बजेटमा पारित हुने सम्भावना छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त बजेट संशोधनका लागि कुनै पनि संशोधन प्रस्ताव दर्ता नगरेपछि सोमबारको बैठकमा बजेट पारित हुने भएको देखिएको हो । एमालेले भने आजको बैठकमा पनि अवरोध गर्ने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.