रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानबाट समेत विराट कोहलीले दिए राजीनामा
काठमाडौं। भारतीय राष्ट्रिय क्रिकेट टिमको टि–२० फरम्याटको कप्तान पदबाट राजीनामा दिएका विराट कोहलीले अब आइपिएल टिम रोयल च्यालेन्जर्स बैंगलोरको कप्तान पदबाट समेत राजीनामा दिएका छन् । गएराति रोयल च्यालेन्जर्स बैंगलोरले ट्वीट गर्दै विराट कोहलीले कप्तान पदबाट हट्ने निर्णय गरेको जानकारी दिएको हो । यद्यपि आइपिएलको जारी सिजनमा भने उनी नै कप्तान रहनेछन् । आइपिएलको जारी सिजन सकिएसँगै उनी कप्तानबाट हट्नेछन् ।
कोहलीले भनेका छन् ‘आरसीबीको कप्तानको रुपमा यो मेरो अन्तिम आइपिएल हुनेछ । म आफ्नो अन्तिम खेल खेल्दासम्म आरसीबीको खेलाडी बनिरहनेछु । ममाथि विश्वास गरेको र। मेरो समर्थन गरेकोमा म आरसीबीका सबै प्रशंशकलाई आभार व्यक्त गर्न चाहन्छु ।’ यससँगै कोहलीले आइपिएलमा अब कहिल्यै पनि अर्को फ्रेन्चाइजको लागि नखेल्ने समेत स्पष्ट पारेका छन् ।
Virat Kohli to step down from RCB captaincy after #IPL2021
“This will be my last IPL as captain of RCB. I’ll continue to be an RCB player till I play my last IPL game. I thank all the RCB fans for believing in me and supporting me.”: Virat Kohli#PlayBold #WeAreChallengers pic.twitter.com/QSIdCT8QQM
— Royal Challengers Bangalore (@RCBTweets) September 19, 2021
कोहलीले अगाडि भने ‘प्रतिभाशाली खेलाडीहरुले भरिएको आरसीबीको कप्तानी गर्नु शानदार र प्रेरक यात्रा रह्यो । म यो अवसरमा आरसीबीलाई धन्यवाद दिन चाहन्छु । प्रबनधन, कोच, सहयोगी स्टाफ, खेलाडी र पूरै आरसीबी परिवारले कैयौं वर्षदेखि महत्वपूर्ण भूमिका निभाएका छन् । यो सजिलो निर्णय थिएन । आरसीबी मेरो मनको नजिक छ किनकि हामीले उत्कृष्टता हासिल गर्ने प्रयास जारी राख्नु छ ।’
आरसीबीले पनि एक बयान जारी गर्दै भनेको छ ‘विराट कोहलीले आइपिएल २०२१ पछि कप्तानको रुपमा आफ्नो भूमिकाबाट हट्ने निर्णय गरेका छन् । कोहली फ्रेन्चाइजका सबैभन्दा शानदार खेलाडीमध्ये एक हुन् । उनी आरसीबी टिमको हिस्सा रहिरहनेछन् ।’ कोहलीले यसअघि १६ सेप्टेम्बरका दिन भारतको राष्ट्रिय टिमको टि–२० फरम्याटमा कप्तान पदबाट हट्ने निर्णय गरेका थिए । उनले आगामी टि–२० विश्वकपपछि राष्ट्रिय टिमको टि–२० कप्तानी छाड्ने घोषणा गरेका थिए ।







डिसी नेपाल







Facebook Comment