दुई सयले घट्यो सुनको मूल्य

डिसी नेपाल
४ असोज २०७८ १२:१६
304
Shares

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य रु दुई सयले घटेको छ। छापावाल सुन आइतबार रु ८९ हजार एक सयमा कारोवार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार नौ सय तोकिएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ। तेजाबी सुन आइतबार रु ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १५ले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ। चाँदीको मूल्य आइतबार प्रतितोला रु एक हजार १५० थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.