माधव नेपालसहित १४ सांसदबारे ओलीले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा

डिसी नेपाल
४ असोज २०७८ १६:४८
956
Shares

काठमाडौं । नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारवाही नगरी माधव नेपालको नेतृत्वमा एमाले विभाजन गरेर अर्को पार्टी गठन गरिनु गैरकानुनी भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा रहेको छ ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि हेर्दा हेर्दैमा गएको हो । यो मुद्दामाथिको सुनुवाइ मंगलबार पनि जारी रहनेछ ।

एमालेले कारवाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेको तथा लुम्बिनीका विमला वली र अजय शाहीलाई पनि सभामुखले पदमुक्त नगरेको भन्दै एमाले अदालत गएको थियो ।

एमालेले साधारण सदस्यबाट समेत निष्कासन गरेका ९ जना सांसदलाई पदबाट हटाइनुपर्नेमा सांसदकै हैसियतमा नयाँ दल गठन गर्न दिइएको भन्दै ओलीले निर्वाचन आयोगको यो निर्णय खारेजीको माग गरेका छन् ।

पार्टीले कारवाही गर्ने निर्णय गर्दै साधारण सदस्यबाट समेत निष्काशन गरेका सांसदहरुको पद जोगाइदिएर सभामुखले समेत असंवैधानिक काम गरेको ओलीको दावी छ । ओलीले माधव नेपाल, झलनाथ खनालसहित १४ सांसदको पद समेत खारेजीको माग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.