घरेलु मैदानमा हारबाट जोगियो बार्सिलोना

डिसी नेपाल
५ असोज २०७८ ७:३५
656
Shares

एजेन्सी। डिफेण्डर रोनाल्ड अरौजोले खेल सकिन अन्तिम मिनेटमा गोल गरेसँगै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट जोगिएको छ।

सोमबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा ग्रानाडासँग १–१ गोलको बराबरी खेल्दै बार्सिलोना हारबाट जोगिएको हो। बार्सिलोनाका डिफेण्डर रोनाल्ड अरौजोले १–० ले पछि परेको स्थितिमा बराबरी गोल फर्काएका थिए।

यसअघि खेलमा अग्रता भ्रमणकारी टोली ग्रानाडाले बनाएको थियो। ग्रानडाको लागि दोस्रो मिनेटमा कौटिन्हो मेनेसेस डुआर्टेको गोल गरेका थिए।

स्टार खेलाडी लियोनल मेस्सी बार्सिलोना छाडेर पिएसजी लागेपछि बार्सिलोना खराब लयमा रहेको छ। यद्यपि बार्सिलोना स्पेनिस लिगमा अपराजित छ। उसले ४ खेलबाट ७ अंक जुटाएको छ। तालिकामा सातौं स्थानमा छ। ग्रानाडा भने जितविहीन हुँदै तीन अंकसहित तालिकाको १७औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *