कांग्रेसको काठमाडौंसहित ७ जिल्लामा आज वडा अधिवेशन

डिसी नेपाल
५ असोज २०७८ ७:४३
156
Shares

काठमाडौं। नेपाली कांग्रेसको काठमाडौंसहित ७ जिल्लाको वडा अधिवेशन आज हुँदैछ। आज हुने अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। आज वडा अधिवेशन हुने जिल्लाहरूमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङ रहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

मोरङमा क्रियाशील सदस्यता विवाद भएपछि एक पक्ष अदालत पुगेको छ। सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै सोमबार उच्च अदालतमा रिट निवेदन दर्ता गराएको हो।

थापा पक्षले अधिवेशन सम्बन्धी सबै प्रक्रिया रोक्न माग गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेका थापासँगै कांग्रेसमा आएकाहरूले क्रियाशील सदस्यता नपाएको गुनासो गरेका छन्।

कांग्रेसले समयमै क्रियाशील सदस्यताको टुंगो नलगाउँदा आज गर्ने भनिएको १३ जिल्लाको वडा अधिवेशन भने सुरु भएको छैन। समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले ९ असोजमा गर्ने भनेको पालिका अधिवेशन प्रभावित हुने भएको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि पालिका अधिवेशनका मतदाता हुन्छन्।

राजधानी काठमाडौंको वडा अधिवेशनलाई महत्वकासाथ हेरिएको छ। काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन्। काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १ सय ३८ वडा छन्। काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरू छन्।

कांग्रेसले गाउँरनगरपालिका अधिवेशन असोज गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.