एभरेष्ट प्रिमियर लिगको रौनकःउल्लेखनीयरुपमा विदेशी खेलाडीहरुअनुबन्धीत सूची सहित

डिसी नेपाल
५ असोज २०७८ १४:०७
196
Shares

काठमाडौं। नेपालको प्रतिष्ठित घरेलु फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (ईपीयल) को चौंथो संस्करणको प्रतियोगिता असोज ९ गते देखि १३ गतेसम्म काठमाडौंको त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदैछ।

नेपालको सर्वाधिक धनराशि पुरस्कार भएको ईपीयल को विजेताले ५० लाख नेपाली रकम पाउने आयोजकले सार्वजानिक गरेको छ।ईपीएल आयोजनाका लागि नेपाल क्रिकेट संघ क्यान र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले पनि स्वीकृति दिसकेको छ। २०७६ चैतमा नै चौंथो संस्करणको प्रतियोगिता हुनुपर्नेमा कोरोना भाइरसको विश्वब्यापी महामारीका कारण कार्यतालिका प्रभावित भएको थियो।

उक्त समय विश्व चर्चित खेलाडीहरु वेष्ट इण्डिजका क्रिस गेल, श्रीलंकाका उपुल थरंगा, आयरल्याण्डका केभिन ओ ब्रायन जस्ता खेलाडीहरु ईपीयल खेल्ने तय भएको थियो। तर कोरोना कारण सबै कार्यतालिका प्रभावित भएपनि नयाँ कार्यतालिका अनुसार नेपालका ६ शहरका फ्रेन्चाइज खेलका लागी बिश्वका चर्चित खेलाडिहरु अनुबन्धन गरिसकेका छन्।

विदेशका अनुभवी खेलाडीहरुका साथ हुँदै गरेको यो प्रतियोगिताले नेपाली क्रिकेटको स्तर अझै उचाँइमा पुग्ने खेल विश्लेषकहरु बताउँछन्।देशका विभिन्न शहरहरुको नाममा यो प्रतियोता हुँदैछ। जस्मा काठमाडौं किङ्स इलेभेन, ललितपुर प्याट्रीओट्स, चितवन टाइगर्स,पोखरा राइनोज, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स ले ईपीएल खेल्ने छ। यसरी यी शहरहरुले २४ विदेशी खेलाडी अनुबन्धन् गरिसकेका छन्।

र उक्त क्लबहरुले अनुवन्धन गरेको विदेशी खेलाडीको सूची यस्तो छ।
काठमाडौं किंग्स ११ ले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी सहित सिंगापुरका जनक प्रकाश र अफगानिस्तानको रहमानुल्लाह गुर्बाजलाई अनुबन्धन गरेको छ।

ललितपुर प्याट्रिओट्स ले श्रीलंकाका ओशादा पर्नान्डो र सन्दुन विराकोडी लाई अनुबन्धन गरेको छ। त्यस्तै अफगानिस्तानका अजमतुल्लाह ओमारजाई र भुटानको मिक्यो दोजी यो टिममा रहेका छन्। ललितपुर प्याट्रिओट्स गत संस्करणको विजेता पनि हो।

चितवन टाइगर्सले अफगानिस्तानका मोहम्मद साहाजाद र करिम जन्नत,पाकिस्तानको डानिस अजिजत, श्रीलंकाको सेकुगे प्रसन्न र मलेसियाको भिरनदिप सिंह सहित ५ जना विदेशी खेलाडी आफ्नो टिममा सम्झौता गरेको छ। चितवन सबैभन्दा धेरै विदेशी खेलाडी अनुबन्ध गर्ने टिम हो।

पोखरा राइनोजले श्रीलङ्काका असेला गुनारत्ने र साहान अराससिगे,दक्षिण अफ्रिकाका रिचर्ड लेभी र वेष्ट इन्डिजका केसरिक विलियम्सलाई टिममा अनुबनधन गरेको छ।

भैरहवा ग्लाडिएटर्सले श्रीलंकाका उपुल थरंगा धम्मिका प्रसाद, बंगलादेशका तमिम इक्वाल र मलेसियाका सर्विन मुनिएन्डीलाई आवद्द गरेको छ।
त्यस्तै,विराटनगर वारियर्सले वेष्ट इन्डिज चन्द्रपउल हेमराज,जिम्बाव्वेका सिकन्दर राजा,श्रीलंकाका दिल्सान मुनाविरा र क्यानडाका रेयानखान पठानलाई अनुबन्धन गरेको छ।

नेपाल आउने सर्वाधिक खेलाडी श्रीलङ्काको ८ खेलाडी आउने भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *