‘न्यूजिल्याण्ड र इङल्याण्डसँग मैदानमा बदला लिनेछौं’

डिसी नेपाल
५ असोज २०७८ १६:००
1.1k
Shares

काठमाडौं। न्यूजिल्याण्डपछि इङल्याण्ड क्रिकेट टिमको पनि पाकिस्तान भ्रमण रद्द भएपछि त्यहाँका क्रिकेट खेलाडीहरु, अधिकारीहरु र क्रिकेट प्रेमीहरु अहिले धेरै निराश छन् । पाकिस्तान क्रिकेट बोर्डले इङल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) को निर्णयको आलोचना गरेको छ र पाकिस्तानमा सुरक्षाको विषयलाई लिएर बहाना बनाइएको आरोप लगाएको छ । बोर्डले अब न्यूजिल्याण्ड र इङल्याण्डसँग क्रिकेटको मैदानमै बदला लिइने घोषणा गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का नवनियुक्त अध्यक्ष रमिज राजाले एक भिडियो बयान जारी गर्दै भनेका छन् ‘पश्चिमी देशहरुको गुट एकजुट भएर यस्ता निर्णय गर्छ ।’ उनले पाकिस्तानका विषयमा यी देशको दृष्टिकोण नबदलिएको भन्दै आपत्ति जनाए । रमिज राजाले भने ‘इङल्याण्डले पाकिस्तान भ्रमण रद्द गर्दा धेरै निराशा भयो तर यो सम्भावित पनि थियो । यो यसकारण किनकि यी पश्चिमी ब्लकहरु दुर्भाग्यवश एकजुट हुन्छन् र यिनीहरुले एक अर्कालाई बचाउने कोसिस गर्छन् । सुरक्षा खतराको हवाला लिएर तपाइँहरु जेसुकै निर्णय गर्न सक्नुहुन्छ र आक्रोश यही कारण हो ।’

उनले इङल्याण्डमाथि भ्रमण रद्द गर्ने बेला सुरक्षा खतरा कस्तो थियो भन्ने नबताएको आरोप लगाए । उनले भने ‘पाकिस्तानका सुरक्षा एजेन्सीहरु जुन माहोलमा काम गर्छन् त्यसबाटै उनीहरु कत्तिको तयार छन् भन्ने अनुमान गर्न सकिन्छ तर सुरक्षा एजेन्सीसँग पनि खुफिया जानकारी साझा गरिँदैन ।’ यसअघि पाकिस्तान पुगिसकेको न्यूजिल्याण्डको टिमले खेल सुरु हुनुभन्दा ठिक अगाडि मात्रै सुरक्षा खतराको हवाला दिँदै भ्रमण रद्द गर्ने निर्णय गरेको थियो । यो निर्णयपछि नै पाकिस्तानमा धेरै निराश बनेका थिए ।

सोमबार इसीबीले एक बयान जारी गर्दै पुरुष र महिला टिमको पाकिस्तान भ्रमण रद्द गर्ने घोषणा गरेको छ । बयानमा इसीबीले आफ्ना खेलाडी र सहयोगी स्टाफको मानसिक र शारीरिक अवस्था आफ्नो सर्वोच्च प्राथमिकता भएको बताएको थियो । एसीबीले यस क्षेत्रमा यात्रा गर्ने विषयमा चिन्ताहरु भएको बताउँदै पहिले कोभिडका कारण प्रतिबन्धको सामना गरिरहेका खेलाडीलाई धेरै दबाब दिनु ठिक नभएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *