कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ
काठमाडौं । कञ्चनपुरमा सोमबार (हिजो) साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई नेपाली प्रशासनको समन्वयमा भारतीय प्रहरीले पक्राउ गरेको हो ।
नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ ।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको बताए ।
गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए । घाइते बीओपी दोधाराचाँदनीमा कार्यरत सुदीप सुनारसहितका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment