१९ वर्ष जेल बसेर छुटेपछि फेरि चरेस कारोबार

डिसी नेपाल
५ असोज २०७८ १७:४४
168
Shares

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हस्तकलाका सामग्रीभित्र लागुऔषध चरेस राखेर ओसारपसार गर्दै आएको नौ जनालाई पक्राउ गरेको छ। ब्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेस राखेर ओसारपसार गर्दै आएकाहरुलाई सार्वजनिक गरेको छ।

उनीहरूको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरी राखेको सात केजी ६ सय १४ ग्राम चरेस बरामद गरिएको ब्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए। म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माइला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र वीरबहादुर तामाङलाई ब्युरोले सार्वजनिक गरेको हो।

हाते कागजका डायरीहरूमा चरेस बरामद गरेर कतारलगायतका मुलुकमा सो गिरोहले पठाउने गरेको पाइएको ब्युरोले जनाएको छ। यसअघि उनीहरूले यसरी नै अचारको भाँडोमा समेत चरेस राखेर भारत हुँदै हङकङ, थाइल्यान्ड, टर्कीलगायतका देशहरूमा लागुऔषधहरू ओसारपसार गर्दै आएको पाइएको एसएसपी थापाले बताए। पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.