प्रक्रिया पूरा नगरी दुई कर्मचारी भर्ना

डिसी नेपाल
५ असोज २०७८ १९:२९
48
Shares

काठमाडौँ । मालपोत कार्यालय सुर्खेतले विज्ञापन र प्रतिस्पर्धा नगराई कम्प्युटर अपरेटरमा प्रकाश शर्मा र कार्यालय सहयोगीमा कमलबहादुर शाहीलाई नियुक्त गरेको छ ।

शर्मा यसअघि करार सेवामा कम्प्युटर अपरेटरको रुपमा मालपोत कार्यालयमा कार्यरत थिए । शर्मासहित सुनीता चन्द, सुमित्रा चपाइँ र लेखा ज्ञवाली गत फागुनमा करार सेवामा कम्प्युटर अपरेटरमा नियुक्त भएका थिए । चारै जनाको करार अवधि असार मसान्तमा सकिएको थियो । शर्मा निमित्त कार्यालय प्रमुखको भाइ पर्ने व्यक्ति हुन् भने शाही लेखापाल राजबहादुर हमालको गाउँका हुन् ।

विगतमा विज्ञापन गरेर कर्मचारी राख्दा राजनीतिक दबाब आएको भन्दै उनले यस पटक विज्ञापन नगरिएको  निमित्त प्रमुख हमालले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.