नेकपा (माओवादी केन्द्र) भरतपुरको बिस्तारित बैठक

डिसी नेपाल
५ असोज २०७८ २१:०६
44
Shares

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीकोे विस्तारित बैठक मंगलबार सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै इन्चार्ज ईश्वरी भट्टराईले माओवादी पार्टीलाई शसक्त र जनप्रिय पार्टी निर्माण गर्नुपर्ने बताए । उनले देशकै ठूलो पार्टी बनाउन पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै पार्टीको निर्णय बमोजिमका कार्यक्रमहरू ल्याउन निर्देशन दिए । तोकिएकै मितिभित्र पार्टी कमिटीहरूको बैठक तथा भेलाहरू सम्पन्न गरिसक्न आग्रह गरे । पाटीलाई नयॉ गतिका साथ अगाडि बढाउन पार्टी हेडक्वाटरको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको भन्दै ती निर्णयहरुलाई उर्जाका साथ अगाडि बढाउन निर्देशन समेत दिए । पार्टी जनताबाट टुट्न नहुने भन्दै इन्चार्ज भट्टराईले जनता केन्द्रित भएर काम गर्न आग्रह गरे ।

माओवादी कार्यकर्ताहरूलाई विगतको जसरी निदायर बस्ने छुट नभएको भन्दै सबैले आआफ्नो जिम्मेवारी इमानदारिताका साथ कार्यान्वयन गर्दै एक ढिक्का भयर पार्टी निर्माणमा लाग्न आग्रह गरिन् । दाहालले यथास्थितिमा माओवादी पार्टी अगाडि बढ्न नसक्ने बताउँदै सबैको सामुहिक प्रयासबाट छलाङ मार्नुपर्ने बताइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.