मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने छ । यसअघि मंगलबार बसेको गठबन्धन दलको बैठकले आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।
सोही अनुसार मन्त्रीको नाम टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा बसेको छ । त्यस्तै नेपाली काँग्रेसको पादाधिकारी बैठक पनि सिंहदरबारमा बस्दै छ भने नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक पनि बसेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment