आइसीसीले परिवर्तन गर्‍यो क्रिकेटको नियम, अब ‘ब्याट्सम्यान’ भन्न नपाइने

डिसी नेपाल
६ असोज २०७८ १६:३९
4.2k
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले क्रिकेटको नियममा परिवर्तन गरेको छ । अब ब्याटिङ गर्ने खेलाडीलाई ब्याट्सम्यान भन्न पाइने छैन । क्रिकेटमा ब्याटिङ गर्ने महिला र पुरुष खेलाडीहरुको लागि एउटै शब्दको प्रयोग गर्ने उद्देश्यले नियम संशोधन गरिएको हो ।

अब ब्याटिङ गर्ने खेलाडीलाई परम्परागत रुपमा भन्दै आइएको ‘ब्याट्सम्यान’ शब्दको स्थानमा अब ‘ब्याटर’ भनिनेछ । यो परिवर्तन तत्कालैदेखि लागू गरिएको छ । क्रिकेटको नियम बनाउने आधिकारिक संस्था मेरिलेबोन क्रिकेट क्लव (एमसीसी)को कमिटीले आफ्नो कानुन विशेषज्ञको उपसमितिसँग सुरुवाती चर्चापछि यी परिवर्तनलाई अनुमोदन गरेको छ ।

एमसीसीले लैंगिक रुपमा तटस्थ शब्दको प्रयोग गरिएपछि क्रिकेटलाई एक समावेशी खेलको रुपमा अझै बलियो बनाउने सहयोग पुग्ने विश्वास लिएको छ । ‘यो परिवर्तन पहिलेदेखि नै गरिएका कार्यको साथसाथै यो खेलप्रति एमसीसीको विश्वव्यापी जिम्मेवारीको एक अनिवार्य हिस्सा हो’ एमसीसीले भनेको छ ‘कैयौं देश र मिडिया संस्थानले पहिलेदेखि नै ब्याटर शब्दको प्रयोग गरिरहेका छन् । हामी कानुनमा यो परिवर्तन गरेर यो शब्दको प्रयोगको अरुबाट पनि अपेक्षा गर्दछौं र उनीहरुलाई यो शब्द प्रयोग गर्न प्रोत्साहित गर्दछौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *