कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि सर्याे, दसैंअघि पालिका अधिवेशनमात्रै
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनको कार्यतालिका फेरि फेरबदल हुने भएको छ ।
सिंहदरबारमा बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति जुटाएको हो ।
यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचत गर्ने तालिका थियो । अब ९ गतेसम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको हो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दसैँपछि हुनेछन् । असोज ९ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने र ९ गते नै तोकिएका ठाउँमा गाउँ तथा नगर अधिवेशन गर्न सकिने कांग्रेसको निर्णय छ ।
यसअघी प्रदेश सभा क्षेत्रीय अधिवेशन ११ असोजमा, एक मात्र प्रतिनिधिसभा जिल्ला अधिवेशन १३ असोजमा, एकभन्दा बढी भएका जिल्ला १६ गते असोजमागर्ने कार्यतालिका थियो ।
योसँगै कांग्रेसको प्रदेश अधिवेशन पनि सर्ने देखिएको छ । केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुनेछ ।







डिसी नेपाल







Facebook Comment