दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने सरकारको तयारी

डिसी नेपाल
६ असोज २०७८ १८:२३
660
Shares

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ ।

पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

२० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउन गरिएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताको बैठकपछि त्यसको टुंगो लाग्ने जानकारी दिएका थिए । साथै, हाल संसदमा रहेको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याइने उनले बताए ।

महराले मन्त्रिपरिषद विस्तार भोलि हुने बताएका छन् । ‘अहिले पाँच दलको बैठकमा छलफल हुँदैछ । भोलिसम्म मन्त्रिपरिषद् विस्तार भइसक्छ । मन्त्री छान्ने जिम्मेवारी अध्यक्षलाई दिइएको छ,’ बैठकपछि प्रवक्ता महराले भने




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.