सत्तारुढ गठबन्धनको बैठक जारी, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

डिसी नेपाल
६ असोज २०७८ १८:५९
96
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भइरहेको बैठकमा उपस्थित एक नेताले बताए । यसअघि मंगलबार बसेको गठबन्धन दलको बैठकले आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।

सोही अनुसार मन्त्रीको नाम टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको छ । त्यस्तै नेपाली काँग्रेसको पादाधिकारी बैठक बसेको छ भने नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक पनि बसेको छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, जनमोर्चाकी सांसद दुर्गा पौडल लगायत उपस्थित छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.