सरकारले तोक्यो धानको न्यूनतम मूल्य

डिसी नेपाल
६ असोज २०७८ २०:०५
124
Shares

काठमाडौं । सरकारले यसवर्षको धानको न्यूनतम मूल्य तोकेको छ।

आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्वन महाशाखाले एक सूचना जारी गर्दै महाशाखाले मोटा धानको न्यूनतम समर्थन मूल्य रु २७५२ प्रति क्विण्टल र मध्यम धानको न्यूनतम समर्थन मूल्य रु २९०२ प्रति क्विण्टल तोकेको छ ।

यस्तै तोकिएको नयाँ मूल्य गत आर्थिक बर्षको तुलनामा दुबै किसिमको धानमा रु १७ प्रति क्विण्टलले वढी रहेको जनाएको छ । भदौ २९ गतेको निर्णयअनुसार धानको न्यूनतम समर्थन मूल्य तोकेको जनाएको छ । समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.