क्रिकेटर आलमलाई ईपीएलले सम्मान गर्ने
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेटका पूर्व खेलाडि मेहबुब आलमलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटले सम्मान गर्ने भएको छ ।
ईपीएलले बुधबार एक कार्यक्रमबीच आलमलाई सम्मान गर्ने जनाएको छ।
ईपीयलको चौंथो संस्करणको प्रतियोगिता असोज ९ गतेबाट सुरु हुँदैछ।आलम सन् २००८ मा मोजाम्बिकविरुद्ध एकै खेलमा १० विकेट लिँदै विश्व रेकर्डमा कीर्तिमान राख्ने नेपाली खेलाडि हुन्। लामो समय देखि राष्ट्रिय टोलीमा ‘कमब्याक’गर्न नसकेका आलमले सन्यास भने,लिएका छैनन्।
प्रतियोगिता काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। उक्त प्रतियोगितामा नेपालका विभिन्न ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने छन्। यो संस्करण खेल्नका लागी विदेशी खेलाडि हरुपनि उल्लेखनीयरुपमा आएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment