रिसाएको फ्रान्ससँग सम्बन्ध सुधार्न अस्ट्रेलिया के गर्दैछ ? न्यूयोर्क पुगेका प्रधानमन्त्रीले के भने ?

डिसी नेपाल
७ असोज २०७८ १४:१४
348
Shares

काठमाडौं। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूले फ्रान्सका राष्ट्रपति इम्मानुएन म्याक्रोनसँग कुराकानी गर्ने प्रयास गरिरहेको तर अहिलेसम्म यसमा सफलता नपाएको बताएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार स्कट मोरिसनले बुधबार वाशिङटनमा कुरा गर्दै फ्रान्ससँग सम्बन्ध फेरि सहज बनाउनको लागि आफूले पूरै धैर्यताका साथ काम गर्ने बताए ।

अस्ट्रेलिया र अमेरिकाबाट आफ्ना राजदूत फिर्ता बोलाउँदै फ्रान्सले आफूलाई यसअघि अस्ट्रेलिया, अमेरिका र बेलायतबीचको पनडुब्बी सम्झौताबारे कुनै जानकारी नभएको बताएको थियो । यसअघि फ्रान्सका राष्ट्रपति म्याक्रोन र अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब आधा घण्टा फोनमा कुरा गरेका थिए ।

फोन वार्तापछि यी दुई देशको सम्बन्ध सुधार हुन लागेको संकेत देखिएको छ । यो कुराकानीपछि अब फ्रान्सका राजदूत अर्को हप्ता वाशिङटन फर्किनेछन् । मोरिसन पछि यो हप्ता केही बैठकहरुको लागि अमेरिकामा छन् । उनले फ्रान्सका राष्ट्रपतिसँग फोनमा कुरा गर्ने प्रयास गरिरहेका छन् तर अहिलेसम्म सफल हुन सकेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *