भारतका ठूला टेलिभिजन नेटवर्क जी र सोनी मर्ज हुँदै, अब स्टार सबैभन्दा ठूलो रहेन
काठमाडौं। भारतका ठूला टेलिभिजन च्यानल नेटवर्क जी टेलिभिजन नेटवर्क र सोनी टेलिभिजन मर्ज हुँदैछन् । अहिलेसम्म ६० च्यानल भएको स्टार नेटवर्क भारतको सबैभन्दा ठूलो टेलिभिजन नेटवर्क थियो । तर, अब सोनी र जी मर्ज भएपछि यो नयाँ नेटवर्क ७५ च्यानलका साथ भारतको सबैभन्दा ठूलो टेलिभिजन नेटवर्क बन्दैछ ।
यद्यपि टिभी उद्योगको सबैभन्दा ठूलो रेस टिआरपीको हो । टिआरपीमा भने स्टार र कलर्स यी दुईभन्दा धेरै अगाडि छन् । अर्कोतिर ओटिटीको रेस पनि अब तीब्र हुन सक्छ । ओटिटीमा सोनी लिभ र जी फाइभ मिलेर नेटफ्लिक्स र अमेजन प्राइमलाई चुनौती दिनेछन् । जी इन्टरटेनमेन्टका च्यानलहरु भारतमा ४९ वटा छन् । विश्वभरी भने यसका च्यानल १०० भन्दा धेरै छन् । सोनीका भारतमा २६ च्यानल छन् । विश्वभरीमा ३१ च्यानल छन् ।
नयाँ नेटवर्कको नाम, लोगो र एकीकृत नेटवर्कको च्यानल संख्या आगामी ९० दिनमा तय गरिनेछ । आधिकारिक घोषणाका अनुसार दुवै नेटवर्ककका प्रोग्रामिङ अपरेशन, डिजिटल एसेट र प्रोग्राम लाइब्रेरी मर्ज हुनेछन् ।







डिसी नेपाल








Facebook Comment