एमालेको अवरोधकाबीच प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०७८ पारित
फाइल तस्वीर
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको अवरोधकाबीच प्रतिनिधि सभामा आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको छ ।
प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरुले अवरोध र नाराबाजीकाबीच विधेयक बहुमतले पारित भएको हो ।
बिहिबार दिउँसो २ बजेबाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।
यी दुवै विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले सभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सदस्यले स्वीकृत गरेसँगै प्रतिनिधिसभाबाट पारित भएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेय
क पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि संसद्को बहुमत सदस्यले आर्थिक विधेयक पारित भएको घोषणा सभामुखले गरेका थिए ।
एमालेका सांसदहरुले गत भदौ २३ गते यता सभामुखको भूमिका निश्पक्ष नभएको भन्दै निरन्तर प्रतिनिधिसभा बैठक अबरोध गदै आएको छ।







डिसी नेपाल








Facebook Comment