पोर्न फिल्म बनाएको केसमा गहना वशिष्ठलाई गिरफ्तार नगर्न सर्वोच्च अदालतको आदेश

डिसी नेपाल
७ असोज २०७८ १६:०३
1.9k
Shares

काठमाडौं। पोर्नोग्राफीमा नाम मुछिएसँगै चर्चामा रहेकी अभिनेत्री गहना वशिष्ठ अझैसम्म चर्चामा छिन् । यो त्यही पोर्नोग्राफी केस हो जसमा शिल्पा शेट्टीका पति राज कुन्दलाई गिरफ्तार गरिएको थियो । बुधबार भारतको सर्वोच्च अदालतले यो मामिलामा अभिनेत्री गहनालाई सुरक्षा प्रदान गरेको छ । सर्वोच्च अदालतले गहनालाई यो मुद्दामा गिरफ्तार नगर्न पुलिसको नाममा अन्तरिम आदेश दिएको छ र गहनालाई पनि अनुसन्धानमा सहयोग गर्न भनेको छ ।

यसअघि गहनालाई गिरफ्तार गरेर १३३ दिन हिरासतमा राखिएको थियो । गहनाविरुद्ध पोर्न सामग्री बनाएको र ती सामग्री ओटिटी प्लेटफर्ममा अपलोड गरेको अभियोगमा ३ एफआइआर दर्ता गरिएका छन् । उनलाई २ एफआइआरमा जमानत दिइएकोमा जुलाइमा पुलिसले तेस्रो एफआइआर दर्ता गरेको थियो । सुनुवाइको क्रममा अदालतले गहनालाई तेस्रो एफआइआरका आधारमा गिरफ्तार गर्न नहुने ठहर गरेको छ । सर्वोच्च अदालतले मुम्बइ उच्च अदालतको फैसला पनि रद्द गरेको छ जुन फैसलामा हाइकोर्टले गहनालाई अग्रिम जमानत दिन अस्वीकार गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.