‘टोपबहादुर’ र ‘बादल’ भगौडा हुन्ः प्रचण्ड

डिसी नेपाल
७ असोज २०७८ १६:१७
84
Shares

काठमाडौँ । काभ्रेको पाँचखालमा योङ कम्युनिष्ट लिग (वाइसीएल)को नगर सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले प्रवेश गरेका दुई नेताहरुलाई भगौडाको संज्ञा दिएका छन् ।

बिहीबार नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई धोका दिइराखेको उल्लेख गरे ।

‘त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ, अहिले कहाँ हेर्नुस् त । त्यो बादल अब मेरो हिजोको साथी, बढी त भन्दिनँ। सम्झिँदा पनि एलर्जी हुन्छ । ‘ उनले भने ।

त्यस्तै एमसीसी अघि सार्दा शेरबहादुर देउवा र प्रचण्डको झगडा हुन्छ र त्यसले गठबन्धन फुट्छ भन्ने सोचमा षड्यन्त्र भइरहेको उनले बताए ।  एमसीसी छाडेर भए पनि सत्ता गठबन्धन जोगाउने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.